३ कार्तिक २०८३, मंगलबार

तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । “शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ बिहिबार बाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबारबाट ४ दिन सम्म चल्ने यो मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ।

उद्घाटसत्रमा प्रमुख अतिथी उपराष्ट्रपति पुनले नेपाल जस्तो सबै हावापानी भएको देशमा संसारमा पाइने जुनसुकै फूल उत्पादन गर्न सकिने र यसलाइ निर्यात गरेर कृषिमा बढ्दै गएको परनिर्भरतालाइ कम गर्न सकिने बताए । उनले जुकसुकै जात, धर्म, खुशी र दुःखमा पनि फूलको प्रयोग हुने भएकाले यसको महत्व बढ्दै गएको बताउँदै चीनमा जस्तै कुनै एक शहरलाई फूलको शहरको रुपमा बिकसित गर्न सकिनेमा जोड दिए ।

मेलाका अतिथी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पुष्पजन्य बस्तु निर्यातका लागि चिस्यान केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिंदै पुष्प ब्यबशायीहरुलाई त्यसै बसिरहेको सरकारी जग्गा खेती गर्न उपलब्ध गराउनु पर्ने बताए ।
यसैगरी कृषि बिकास मन्त्री गौरी शंकर चौधरीले फ्लोरिकल्चर एशोसिएशन नेपाल सँग मन्त्रालयको सहकार्यले निरन्तरता पाउने बताउँदै पुष्पजन्य बस्तुहरु निर्यात गरी आयात प्रतिस्थापन तर्फ लाग्न सबै ब्यबशायीलाइ आग्रह गरे ।

यस्तै कृषि बिकास मन्त्रालयका सचिब डा. सुरोज पोखरेलले फ्यानसँगको सहयकार्यका लागि मन्त्रालयबाट आइरहेको बजेट नघटाउने तर सिधै फ्यानमा आउने बजेटलाई संघिय ढाँचा अनुसार बितरण गरिने बताए ।

मेलामा सहभागि ब्यबशायीहरु मध्ये उत्कृष्ट स्टल तर्फ खड्का नर्सरी, ल्याण्डस्केपमा शिबपुरी नर्सरी, मौसमी फूल तर्फ अजिमा नर्सरी, आलंकारीक बिरुवा तर्फ इन्द्रेणी फ्लोरा फार्म , उत्कृष्ट फूल्ने बिरुवाः सृजना फ्लावर नर्सरी, उत्कृष्ट पुष्प सजावटः डिजाइन फ्लावर सप, कटफ्लावर रोजः फ्लोरा फ्रेण्डस प्रालि, कटफ्लावर कार्नेशनः नबसेवा नर्सरी, कटफ्लावर ग्लाडुओलसः इन्द्रेणी फ्लोरा फार्म, कटफ्लावर जर्बेरा युनिक फ्लोरा फार्म बन्न सफल भएका छन् । उत्कृष्ट भएको ब्यबशायीलाई उपराष्ट्रपति पुनले नगद, शील्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । यसैगरि लामो समय देखि पुष्प ब्यबशायमा योगदान पुराएकोमा महर्जन नर्सरीलाई पनि उपराष्ट्रपति पुनले सम्मान सहित कदरपत्र बितरण गरेका थिए । कार्यक्रममा कृषि बिकास राज्य मन्त्री राधिका तामाङको पनि उपस्थिती थियो ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन,ग्रीनहाउस, कृषिऔजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ ।

यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो बाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिलगर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले गरेको छ । साथै पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने जानकारी दिदै महासचिब मिनबहादुर तामाङले प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाई मेलामा सहभागी गराइएको छ ।

मेलामा तस्बिर खिच्ने, फूलका बारे रुची राख्ने तथा फूलले घर आगन सजाउन चाहनेहरुको बाक्लो उपस्थिती रहेको छ ।