– मिना बुढाथोकी
सल्यान, १७ चैत । विगत लामो समय देखी सल्यानको सिन्वाङ गाबिसका हरेक वडाहरुमा स्टेचर नहुदाँ गर्भबती महिलाहरुलाई प्रसुती गराउनको लागी स्वास्थ्य चौकी सम्ममा पुर्याउन समस्या भई रहेको बेला त्यहां स्थित स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयमसेबिकालाई स्टेचर बितरण गरेको छ । साबिकको सिन्वाङ गाबिस भित्रका सबै वडाहरुमा स्टेचर बितरण गरिएको स्वास्थ्य चौकी सिन्वाङले जनाएको छ ।
आफ्नो वडामा स्टेचर नहुदाँ डोकोमा बोकेर स्वास्थ्य चौकी सम्म पुर्याउनुपर्ने बाध्यताबाट मुक्तभएकोमा खुशी व्यक्त गर्दै वडा नं. ९ कि महिला स्वास्थ्य स्वयमसेबिका तिला केसीले स्वास्थ्य चौकीलाई धन्यवाद दिनु भएको छ ।
उहाँले भन्नु भयो –“हाम्रो वडामा स्टेचर थिएन । प्रसुती गराउन महिलाहरुलाई डोकोमा बोकेर ल्याउनु पर्ने समस्या थियो । प्रसुती गराउन स्वास्थ्य चौकी सम्ममा पुर्याउनका लागी २/३ घण्टा हिडेर स्वास्थ्य चौकी बाट स्टेचर घरमा ल्यायो, अनी फेरी बोकेर स्वास्थ्य चौकीमा लग्यो ।” तर अब भने त्यो समयमा स्वास्थ्य चौकी सम्म पुर्याएर सुरक्षित प्रसुति गर्न मद्दत पुग्ने छ ।
हरेक वडामा स्टेचर नहुँदा प्रसुती लगाएत अन्य गम्भिर अबस्थाका बिरामीहरुलाई स्वास्थ्य चौकी लैजान गाह्रो भएको कारण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्टेचर जिम्मा लगाएको स्वास्थ्य चौकी सिन्वाङका ईन्चार्ज पुष्पजंग मल्लले बताउनु भयो ।
स्टेचर बितरण गर्दै ईन्चार्ज मल्लले भन्नुभयो–“यो स्टेचर सबैको साझा सम्पती हो । यसको संरक्षण गर्नु होला ।” उहाँले सबै स्टेचर महिला स्वास्थ्य स्वयमसेबिकाको निगरानीमा रहने बताउदै आबश्यक परेको बेला प्रयोग गर्न पनि आग्रह गर्नु भयो ।
स्टेचर लिदैँ वडा न.ं ६ कि महिला स्वास्थ्य स्वयमसेबिका भुमा खड्काले अब समाजको सेवामा खटिन झन प्रेरणा मिलेकोमा जोड दिनु भयो । पहिले स्टेचर नहुदाँ प्रसुती गराउन महिलाहरुलाई स्वास्थ्य चौकी सम्म ल्याउन असहज भएको बताउदैँ अब भने सहजै रुपमा स्वास्थ्य चौकी सम्ममा ल्याउन सकिने अपेक्षा गर्नु भयो । स्वास्थ्य चौकी सिन्वाङले सिमित स्रोत र साधनका बिचमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।












प्रतिक्रिया