काठमाडौं, १२ असोज । नेपालबाट दुईसय वर्षदेखि बेलायत तथा ६७ वर्षदेखि भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती भइरहेका छन् । विदेशी सेनामा करिब ४४ हजार नेपाली कार्यरत छन् ।
हाल बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजअन्तर्गत तीन हजार ६ सय र सिंगापुर पुलिसमा करिब चारसय नेपाली छन् । भारतीय सेनाका ६ रेजिमेन्ट र अर्धसैनिक बल आसाम राइफल्समा करिब ४० हजार नेपाली कार्यरत छन् । बेलायत र भारतको सेनामा रहेका नेपालीले दुई दर्जनभन्दा बढी युद्ध लडेका थिए ।
सन् २०२० सम्म ब्रिटिस सेनाको कुल संख्या ८५ हजार पुर्याउने सरकारी योजनाअनुसार गोर्खाहरुको पनि संख्या थप कटौती हुने सम्भावना छ । बेलायतले वाषिर्क ६० जना नेपालीलाई आफैं छनोट गरेर गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा पठाइरहेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया