२० कार्तिक २०८३, शुक्रबार

निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल निर्धारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १६ चैत । स्थानीय निकायको निर्वाचनका लागि रामेछापमा ९० वटा मतदान स्थल निर्धारण गरिएको छ ।

जिल्लाको दुई नगरपालिका र छ गाउँपालिकामा जिल्ला सिफारिस समितिको निर्णयबाट ९० वटा मतदान स्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार मन्थली नगरपालिकामा १९ र रामेछाप नगरपालिकामा १४ वटा मतदान स्थल निर्धारण गरिएको छ । त्यस्तै, उमाकुण्डा गाउँपाालिकामा १०, गोकुलगंगा गाउँपालिकामा छ, लिखँु गाउँपालिकामा १० मतदान स्थल तोकिएको छ ।

त्यसैगरि, दोरम्बा गाउँपाालिकामा ११, सुनापति गाउँपालिकामा नौं र खाँडादेवी गाउँपालिकामा ११ वटा मतदान स्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निमित्त निर्वाचन अधिकृत लोकबहादुर थापाले जानकारी दिए ।

अहिले निर्धारण गरिएको मतदान स्थलमा धेरै जस्तो पुरानैलाई कायम गरिएको छ भने केही नयाँ पनि थप गरिएको छ । त्यस्तै, केही मतदान स्थललाई संसोधन गरि नाम परिवर्तन गरिएको छ ।