२० कार्तिक २०८३, शुक्रबार

अखिल क्रान्तिकारीका जिल्ला सचिव एमालेमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १६ चैत । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)गुल्मीका जिल्ला सचिव गणेश पौडेल एमालेनिकट अनेरास्ववियुमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको बिद्यार्थी राजनीतिमा सक्रिय पौडेललाई एमाले केन्द्रिय सचिव गोकर्ण बिष्टले एमाले पार्टी कार्यालयमा स्वागत गरेका छन् ।

अनेरास्ववियु तथा एमालेमा प्रवेश गर्नेहरुको जनलहर चलेकै बेला पौडेलको पार्टी प्रवेशले बिद्यार्थी संगठन थप मजबुत हुने नेता बिष्टले बताए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद बिष्टले स्ववियु चुनावमा अनेरास्वावियुलाई बिजयी बनाउने सवैलाई धन्यबाद समेत दिए ।

अनेरास्ववियुमा प्रवेश गर्ने बिद्यार्थी नेता पौडेलले अनेरास्ववियु मार्फत बिद्यार्थी आन्दोलनमा आफु सधै एक ढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा एमाले सचिव बिष्ट सहित जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको अनेरास्ववियु गुलमीका संयोजक राजेन्द्र बिक्रम कुवंरले जानकारी दिए ।