३ कार्तिक २०८३, मंगलबार

परोपकारी कार्यमा एनआईसी एशिया बैंक, बाल मन्दिरलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । एनआईसी एशिया बैंकले संस्थागत-सामाजिक उत्तरदायित्व अन्तरगत परोपकारी कार्यलाई निरन्तरता दिएको छ ।

बैंकले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि विगतका वर्षहरुदेखि मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ (खानेकुरा) पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

आफ्नो देशभर फैलिएको ८९ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको जानकारी गराउदै बैंकले भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।