
काठमाडौं, १६ चैत । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री र भारतीय स्थल सेनाअध्यक्ष बिपिन रावतबीच जङ्गीअड्डामा बुधबार शिष्टाचार भेट भएको छ । सेनापति क्षेत्रीको औपचारिक निमन्त्रणामा रावत चार दिने भ्रमणमा नेपाल आएका छन् ।
उक्त भेटघाटका क्रममा प्रधान सेनापति क्षत्री र भारतका स्थल सेनाध्यक्ष रावतबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको छ । छलफल पश्चात सो सेनाध्यक्ष रावतले नेपाली सेनाका रथीहरुसँग समेत भेटघाट गरेका थिए ।
अवसरमा आयोजित विशेष कार्यक्रममा सेनाअध्यक्ष रावतले प्रधान सेनापति क्षत्रीलाई विभिन्न प्रजातिका सातवटा घोडा हस्तान्तरण गरेका छन् ।
जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । उनले आजै टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका छन् ।















प्रतिक्रिया