२० कार्तिक २०८३, शुक्रबार

बौद्धिक र शैक्षिक अराजकताः काजफिर्ताको विरुद्धमा आन्दोलन र तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, १५ चैत । सामान्यतः आफ्ना कार्यालयमा कार्यरत कर्मचारीलाई कहाँ खटाउने निर्णय गर्ने अधिकार कार्यालय प्रमुखलाई रहन्छ । त्यसमा पनि दरबन्दी तोकिएका तर काजमा कार्यरत रहेका कर्मचारीलाई आफ्ना दरबन्दीमा पठाउने कुरा कार्यालय प्रमुखको क्षेत्राधिकारभित्र रहने कुरा हो । तर यो कुरा ओखलढुंगाको शिक्षा कार्यालयमा भने लागु हुँदैन । यहाँ काजमा बर्षौदेखी कार्यरत शिक्षकहरु छन् । जो पहुँचका आधारमा सुगममा बस्दै आएका छन्, भने दुर्गमका विद्यालयहरुमा दरबन्दी भए पनि शिक्षकहरु हुँदैनन् । त्यहाँ अभिभावकहरु चन्दा उठाएर शिक्षक राख्न बाध्य छन् ।

यस पटक कार्यालयले काजमा रहेका सम्बन्धित विद्यालयले नै काज फिर्ता गरि दिन पत्राचार गरेपछि काज फिर्ता गरेको थियो । फिर्तामा परेका केहि शिक्षक संघका नेता रहेकाले संघले आन्दोलन र तालाबन्दी थालेको छ । यसले सुगममा बसेर राजनीति गर्न उनीहरुलाई समस्या हुने देखिएपछि आन्दोलमा उत्रिएका छन् ।

काजमा जिल्ला शिक्षा कार्यालय ओखलढुंगाले काजमा रहेका १० जना शिक्षकहरुलाई विद्यालयको माग अनुसार आफ्नो दरबन्दीमा खटाउने निर्णय गरेपछि काँग्रेसको भातृ संगठन नेपाल शिक्षक संघले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेको हो । मंगलबार विहानै लगाएको ताला प्रहरीले खोलेको छ । शिक्षक संघमा आबद्ध शिक्षकहरुको मात्रै काज फिर्ता गरेको भन्दै संघले आन्दोलन शुरु गरेको हो । सोमबार धर्ना शुरु गरेको संघले आज तालाबन्दी गरेको थियो । आन्दोलनका कारण दुईदिनदेखी कार्यालयको कामकाज ठप्प रहेको छ ।

दलीय पहँुचको भरमा सुगममा लामो समयदेखी काजमा बस्दै आएका १० जना शिक्षकहरुलाई विद्यालयको मागका आधारमा कार्यालयले चैत १ गते दरबन्दीमा पठाउने निर्णय गरेको थियो । काजमा कार्यरत विद्यालयबाट विद्यालयले शिक्षक फिर्ता गर्न र विषयगत शिक्षक पठाउन माग गरेपछि काज फिर्ता गरिएको जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाइले जानकारी दिए । कार्यालयले काज फिर्ताको पत्र लेखेपनि पत्र नबुझेका शिक्षकहरु विद्यालय गएका छैनन् । दुई दिनदेखी संघमा आवद्ध अधिकांश शिक्षकहरु विद्यालयको नियमित परिक्षा समेत छोडेर आन्दोलन गर्न सदरमुकाममा छन् ।

कस्को आडमा आन्दोलन !

आफूहरुलाई प्रमुख जिल्ला अधिकारीले समेत सरुवा नगर्न भनेपनि शिक्षा अधिकारीले नटेरेको काज फिर्ता गरिएका शिक्षक नन्दलाल गिरीले बताए । गिरीले शिक्षा अधिकारीले राजनीति गरेको आरोप समेत लगाए । प्रहरीले ताला खोलेपछि आक्रोशित भएका आन्दोलनकारीले शिक्षा अधिकारी विरुद्ध नाराबाजी गरेका थिए भने छलफलमा बस्ने क्रममा समेत उनीहरुले शिक्षा अधिकारीलाई अमर्यादित भाषा प्रयोग गरेका थिए । काज फिर्ताका विषयमा प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालसँग सम्पर्क गर्न खोज्दा मोवाइलमा सम्पर्क हुन सकेन ।

संघका शिक्षकहरुलाई चलाए पद नरहने भन्दै काँग्रेस सांसद रामहरि खतिवडाले धम्की समेत शिक्षा अधिकारीलाई दिएको शिक्षा कार्यालयका एक कर्मचारीले बताए । यसबारे शिक्षा अधिकारी चापागाइ भने बोल्न चाहेनन् ।

शिक्षा अधिकारीले समस्या समाधान गर्न सुझाव माग गर्दा प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले समितिसँग छलफल गर्नू, भन्दै समय नदिएको कार्यालयका एक कर्मचारीले गुनासो गरे । ओखलढुंगामा लोमो समयदेखी नेता शिक्षक र पहुँचवाला शिक्षकहरु कार्यक्षेत्रमा नहुँदा शैक्षिक क्षेत्र अस्तव्यस्त हुँदै आएको छ ।

ओखलढुंगामा पहुँचका आधारमा काजमा बस्ने शिक्षकहरु चार दर्जन बढी छन् । उनीहरु दलीय पहुँचका आधारमा काजमा बस्ने र पार्टीको राजनीति गर्दै आएको अभिभावकको गुनासो छ । काज र पुलमा गरी सय हाराहारीमा शिक्षकहरु सुगम र सदरमुकामा बस्दै आएका छन् भने दुर्गम गाउँका विद्यालयमा अभिभावकले चन्दा उठाएर शिक्षक राख्न बाध्य भएका छन् । दरबन्दी मिलान र काजफिर्ता दलीय स्वार्थ हावी हुँदा हुन सकेको छैन ।