२० कार्तिक २०८३, शुक्रबार

बागलुङमा ८ कक्षाको जिल्लास्तरीय परीक्षाको प्रश्नपत्र बाहिरियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रबिना बोहरा

बागलुङ, १४ चैत । जिल्ला शिक्षा कार्यालयको लापरवाहीका कारण कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको सबै प्रश्नपत्र नै बाहिरिएपछि बागलुङमा परिक्षा प्रभावित भएको छ । सबै बिषयका प्रश्न बाहिरिदा दिइसकेका २ वटा बिषयको परिक्षा भने पुरानै कायम गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

बागलुङमा सञ्चालनमा रहेका २ सय १७ वटा विद्यालयहरुमा यहि चैत १३ गतेबाट परिक्षा सञ्चालन गरिएको थियो । विद्यार्थीहरुले १३ गते अंग्रेजी र १४ गते नेपाली बिषयको परिक्षा भने दिइसकेका छन् । १३ गतेको परिक्षाको बिषय १२ गते बेलुका नै बाहिरिएको बताइएको छ । अब बाँकी रहेका बिषयहरुको नयाँ प्रश्न पत्र तयार पारी परिक्षा गर्न शिक्षा कार्यालयले विद्यालयहरुलाई निर्देशन दिएको छ । सबै बिषयका प्रश्न बाहिरिदा दिइसकेका २ वटा बिषयको परिक्षा भने पुरानै कायम गरिएको शिक्षा कार्यालयले जनाएको छ । यस बिषयमा कतिपयले शिक्षा कार्यालयको यो निर्णय गलत भएको टिप्पणी गरेका छन् ।

जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रका अनुसार चैत्र १० र ११ गते नै सम्बन्धित विद्यालयमा प्रश्न पत्र पठाएकोले विद्यालयबाटै प्रश्न पत्र बाहिरिएको हुन सक्छ । कसले कसरी प्रश्न पत्र सार्वजनिक गर्यो भन्ने बिषयमा छानबिन गरिरहेको मिश्रले बताउनुभयो । अहिले सम्म पुष्टी नभएकाले सम्बन्धि निकायलाई अनुसन्धानका लागि आग्रह गरिरहेकाले पत्ता लागेपछि गल्ती गर्ने व्यक्तिलाई कारबाही गर्ने जिशिअ मिश्रले बताउनुभयो। विद्यालयहरूको शैक्षिक स्तर मूल्याड्ढन गर्ने आधार भएकाले जिल्लाभरी कक्षा ८ का लागि एकै किसिमको प्रश्नपत्र तयार गरिन्छ । प्रश्नपत्र तयार, छपाइ र वितरण प्रक्रियासम्म राज्यले लाखौँ बजेट खर्च गरिरहेको छ ।

प्रश्न सड्ढलन गर्ने विषयगत शिक्षकहरू, सड्ढलित प्रश्नहरूलाई अन्तिम रूप दिने विशेषज्ञ शिक्षक तथा प्रश्न सम्पादक र छापाखानाले समेत जिम्मेवारी बहन गर्नुपर्ने देखिएको छ । अनुशासन, गोपनीयता, अनुभव, विशेषज्ञता तथा विज्ञतालाई प्राथमिकता नदिई प्रश्नको नमुना सड्ढलनदेखि सम्पादन, छपाइ, जिशिका, स्रोतकेन्द्र र विद्यालयबाट पनि प्रश्नपत्र बाहिरिन सक्ने आशंका गरिएको छ ।