२० कार्तिक २०८३, शुक्रबार

रत्ननगरमा एजुकेशनल कन्सल्टेन्सीको उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

रत्ननगर, १४ चैत । पूर्वी चितवनको रत्ननगर स्थित सौराहा चोकमा आज सोमबारबाट आकारुई एजुकेशन कन्सल्टेन्सी शुरु गरिएको छ । जापान अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले सो कन्सल्टेन्सी शुरु गरिएको हो ।

सो कन्सल्टेन्सी मार्फत् दक्ष शिक्षक शिक्षिकाबाट परामर्श तथा जापानिज भाषा अध्यापन गरिने कन्सल्टेन्सीका संचालक चन्द्रविलास अधिकारीले जानकारी दिए । मुख्य कार्यालय नारायणगढमा रहेको यस कन्सल्टेन्सीको सौराहा चोक शाखाबाट जापान जाँदा त्यहा बसाई, भौगोलिक अवस्था, हावापानी, रीतिरिवाजका बारेमा अनुभवी एवम् दक्ष जनशक्ति मार्फत् जानकारी गराईने हुनाले विद्यार्थीहरु बढी लाभान्वित हुने अधिकारीले जानकारी दिए ।

सो कन्सल्टेन्सीको एक कार्यक्रमका बिच इ–क्यान चितवनका अध्यक्ष जीवन रिजालले उद्घाटन गरेका थिए । कार्यक्रममा आकारुई एजुकेसन कन्सल्टेन्सी नारायणगढका प्रमुख प्रज्ववल पौडेल, संचालक हरिकृष्ण बुर्लाकोटी, रत्ननगर शाखाका काउन्सीलर कृष्णविलास अधिकारी, नेपाली सेनाका पूर्व मेजर श्रीभद्र अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रम सौराहा चोकका कार्यालय प्रमुख चन्द्रविलास अधिकारीको अध्यक्षतामा भएको थियो ।