२० कार्तिक २०८३, शुक्रबार

पहिरोले रसुवागढी नाकामा चीनतर्फको बाटो अवरुद्ध, सवारी आवागमन बन्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १४ चैत । नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द भएको छ ।

सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट करिब १४ किमी पर चिनियाँ भू–भागको सडकमा माथिबाट सुख्खा पहिरो गई सडक अवरुद्ध भएपछि नेपाल आयातका लागि व्यावसायिक सामान बोक्नेलगायत सबैखाले सवारी साधन आवातजावत बन्द भएको छ ।

सडक खोल्न कम्तीमा तीनदिन लाग्ने चिनियाँ सुरक्षाकर्मीले जानकारी दिएका छन् । बा६ख ९७६५ नंको आफ्नो कन्टिनर डिब्बा बाटोमै छोडी नेपालतर्फ आएको कन्टिनर चालक लाक्पा नुर्पु तामाङले बताउनुभयो । रासस