६ मंसिर २०८३, आइतबार

बाबुरामलाई टक्कर दिने भट्टराईसहित चार नेता नयाँ शक्तिबाट निष्काशित

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले निर्मल भट्टराईसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी हित र मूल्य मान्यता विपरित गतिविधि गरेको भन्दै नयाँ शक्तिले सोमबार केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ । भट्टराई नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको कुरामा असहमति राखी टक्कर दिँदै आएका थिए ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाका अनुसार पार्टी हित विपरित गतिविधि गरेको र सोधिएको स्पष्टीकरण समेत दिन नमानेकाले निस्कासन गरिएको हो ।