३ कार्तिक २०८३, मंगलबार

कुरीयर व्यवसायलाई भ्याटमुक्त गराउन संघको माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । सरकारले कुरीयर व्यवसायलाई ध्यान नदिएको भन्दै नेपाल कुरीयर सेवा संघले सरकार समक्ष ६ बुँदे माग राखेको छ ।

संघले २२ औँ साधारण सभाको अवसरमा व्यवसायी र सरकारकारी निकायका प्रतिनिधिलाई जम्मा गरी आफ्ना पेसागत मागहरु राखेको हो ।

संघले हवाई सेवा कम्पनीलाई दिएको सुविधा जस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरियर सेवालाई पनि समान ल्याउन तथा लैजानका लागि छुट्टै काउण्डकारे व्यवस्था गर्नुपर्ने, कुरियर सेवा सम्बन्धि भन्सार नियमावली बनाई तुरुन्तै लागु गर्नुपर्ने, राजश्व तथा प्रहरी प्रशासनबाट विभिन्न खालका झण्झट भइआएकाले उक्त विषयलाई समाधान गर्नुपर्ने, सरकारी निकायबाट नयाँ नयाँ नियम परिमार्जन गरि कुरियर, कार्गो बोकेका डेलिभरी भ्यान, गाडहिरुलाई ट्राफिक प्रहरीले दुःख दिइरहेकाले कुरियर सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्नुपर्नेलगायतको माग राखेको हो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारी हुलाक सेवाले भ्याट र्तिनु नर्पर्ने तर सोही प्रकृतिको व्यवसाय गर्ने निजि क्षेत्रका कुरीयर व्यवसायलाई भ्याट लगाउनु दुखद् भएको भन्दै यो पेसालाई भ्याटमुक्त गराउनुपर्ने बताए । सरकारको अन्यायपूर्ण यस्तो व्यवहारलाई सुधार्न आफुहरुले दवावको वातावरण सृजना गर्ने अध्यक्ष मुरारकाले बताए । उनले लागुऔषध कारोबारीले कुरियरलाई प्रयोग गर्ने उदाहरण पनि भेटिएकाले यस्ता गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्नको लागि त्रिभुवन अन्तराट्रिय विमानस्थललगायत सबै नाकाहरुमा एक्सरे मेसिन राखिनुपर्ने पनि उनले बताए । अध्यक्ष मुरारकाले हुलाकलाई कुरियरको काम नगरि अनुगमनको काम सञ्चालन गर्न पनि आग्रह गरे । अध्यक्ष मुरारकाले भने, ‘अब डकुमेन्ट आदनप्रदानको काम नीजि क्षेत्रलाई दिनुहोस् । तपाईहरुले अनुगमन गर्नुहोस् । सरकारले व्यवसाय गरेको त्यति सुहाउदैन ।’

कुरियर संघका अध्यक्ष रामेश्वर शिवाले कुरियर व्यवसाय सामान्य पेशा नभई सेवामुखि व्यवसाय भएको बताए । अहिले नेपालमा अन्तरष्ट्रिय कुरियर कम्पनीहरुमध्ये केही बहुराष्ट्रिय कम्पनीहरु प्रत्यक्ष नेपाल आई काम गरिरहेको र केहीले एजेन्टमार्फत व्यवसाय गरेको पनि जानकारी दिए । अध्यक्ष शिवाले विदेशमा २४ सै घण्टा कस्टुम क्लीरेन्स प्राव्धनको विकास भइसके पनि नेपालको अन्तराष्ट्रिय विमानस्थलमा त्यो खालको अवस्था विकास नभएकोमा दुःख गरे । उनले नेपालमा कुरियर व्यवसायबाट १० हजारभन्दा बढीले रोजगारी पाएको पनि बताए ।

संघले साधरण सभाकै अवसरमा संघका निवर्तमान अध्यक्ष खेमराज पन्तलाई उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि वस्तुगत तर्फबाट केन्द्रिय सदस्यको लागि उमेद्वारी घोषणा गरेको छ । कार्यक्रममा संघरमा रहेर उत्कृष्ट कम गर्नेलाई पनि सम्मान गरेको थियो ।