
काठमाडौं, १४ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभ सिंह पुरीबीच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित एमाले संसदीय कार्यालयमा अध्यक्ष ओली र राजदूत पुरीबीच भेटवार्ता भएको ओलीका प्रेस सहयोगी प्रमोद दाहालले जानकारी दिए ।
भेटमा नेपाल भारतको द्धिपक्षीय सम्बन्ध, आपसी हित तथा भारतले नेपालमा गर्दै आएको सहयोगबारे कुरा भएको बताइएको छ ।
शनिबार काठमाडौं आइपुगेका नेपालका लागि भारतीय राजदूत पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत पुरीले ओलीसँग पहिलो भेट गरेका हुन् ।
हंसिलो मुद्रामा ओली र पूरी
भारतीय राजदूतले पहिलोपटक ओलीलाई भेटेर आफ्नो राजनीतिक भेटवार्ता सुरु गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । किनकी ओली र भारतबीचको सम्बन्ध पछिल्लोपटक निकै चिसिएको थियो । एमाले संसदीय दलमा भएको भेटमा दुवै जना निकै हंसिलो मुद्रामा देखिएका छन् । भारतीय राजदूत पुरीले सम्बन्ध सुधारका विषयमा पनि छलफल गरेको स्रोतले बतायो ।











प्रतिक्रिया