२० कार्तिक २०८३, शुक्रबार

नेपालको स्थानीय निर्वाचनमा सघाउने कतारको इच्छा, गृहमन्त्री निधिलाई भ्रमणको निमन्त्रणा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि कतारका राजदूत युसुुफ बीन मोहम्मद अल–हैलले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा राजदूत हेलले उपप्रधानमन्त्री निधिलाई कतारका प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री अब्दुल्लाह बीन नसीर बीन खालिफा अल थानीका तर्फबाट कतार भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो ।

गृहमन्त्री निधिले कतार भ्रमणको निमन्त्रणा स्वीकार गर्दै छिट्टै कतार भ्रमण गरेर प्रधानमन्त्री खालिफासँग भेटघाट गर्ने बताउनुभएको उपप्रधान तथा गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

राजदूत हैलले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनलगायत अन्य क्षेत्रमा आवश्यक सहयोग गर्न कतार सरकार तयार रहेको बताउनुभएको थियो ।

जवाफमा उपप्रधानमन्त्री निधिले सहयोगको प्रस्तावका लागि कतार सरकारलाई धन्यवाद दिँदै यस सम्बन्धमा सरकारले थप छलफल गरेर ठोस कार्यसूची ल्याउने बताउनुभयो ।

सो भेटमा द्विपक्षीय सम्बन्ध, कतारमा कार्यरत नेपालीको अधिकारलगायतका विषयमा समेत छलफल भएको थियो । रासस