२० कार्तिक २०८३, शुक्रबार

डडेल्धुरामा श्रीमतीको हत्या गरी बोहराले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, १३ चैत । आलिताल गाँउपालिका–७ बस्ने ४० बर्षीय करन बहादुर बोहोराले आफ्नै श्रीमतीको हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेका छन् ।

मानसिक सन्तुलन ठिक नभएको बताइएका बोहराले शनिबार ३६ बर्षीया श्रीमती बेलामती बोहोरालाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरी फरार भएका उनको खोजतलास गर्दा घरदेखि डेढ किलोमिटर टाढा घाँटीमा डोरीको पासो लगाई रुखमा झुण्डिइ मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।