३० आश्विन २०८३, शुक्रबार

नेपाली महिला कतारमा तलव नपाएर अपलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-Baideshik-Rojgari-Manpowerकाठमाडौं, ११ असोज । कतारमा बायो सर्भिस क्लिनर कम्पनीमा क्लिनरको काम गर्दै आएका ५ नेपाली महिला ६ महिनादेखि तलव नपाएपछि घर फिर्न नपाएको भन्दै नेपाली  दूतावास पुगेका छन् ।

उनीहरले तलवका लागि श्रम विभागमा समेत उजुरी हालेका छन् । कमला राई, कमला डंगोल, निमाकुमारी पन्थी, सलिन मगर र जमुना गोले दूतावास पुगेका हुन् ।

ती मध्ये ३ जना डीपी डायनामिक म्यानपावरबाट कतार आएका थिए । उनीहरुले अगस्ट ८ मा लेवरकोर्टमा मुद्दा हालेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।