२० कार्तिक २०८३, शुक्रबार

पाँचथरमा एमाले प्रवेशको लहर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १३ चैत । पाँचथरमा स्थानिय निर्वाचन नजिकै गर्दा नेकपा एमालेमा पार्टी प्रवेशको लहर बढेको छ ।

एमालेको शनिबार सम्पन्न संविधान कार्यान्वयन र बृद्ध बृदा सम्मान कार्यक्रममा सय जना भन्दा बढी पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा वडा नं १ देखि ९ सम्मका १४८ जनालाई सम्मान गरिएको प्रेस चौतारीका उपाध्यक्ष सहमान विश्कर्माले बताए ।

सोही अवसरमा माओवादीका समर्थक कार्यकर्ता विर बहादूर मेयोङवा, शिक्षक टेक बहादूर तावा, एमालेमा प्रवेश गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसबाट टंकबहादुर रिमाल, रघुनाथ न्यौपाने, श्रीप्रसाद दर्जी लगायत प्रवेश गरे ।

यता लिम्बूवानका सुरेन्द्र राईसहित ६० जना प्रवेश गरेका छन् । यसअघि एमालेका ४० घरधुरी माओवादी केन्द्र पाँचथरमा प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई एमालेका जलश्रोत तथा उर्जा विभाग केन्द्रिय सचिव वशन्त कूमार नेम्वाङ, निर्वाचित सांसद गणेश कुमार काम्वाङले अवीर र खदा लगाएर स्वागत गरेका थिए ।