२९ आश्विन २०८३, बिहिबार

काँग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पाँच बर्ष सदस्यता खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौँ, १० असोज । नेपाली काँग्रेसले संविधानसभा निर्वाचन २०७० मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तथा त्यस्ता बागी उम्मेदवारको प्रस्तावक र समर्थकलाई समेत कारबाही गरेको छ ।

बागी उम्मेदवारको प्रस्तावक तथा समर्थक बनेकाहरू सबैको पार्टी सदस्यता पाँच वर्षका लागि स्वतः समाप्त भएको काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) तथा नियमावली २०६८ को नियम ४१ (१) बमोजिम बागी उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थक बनेकालाई पार्टी सदस्यताबाट पाँच वर्षका लागि निलम्बन गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै, यही असोज ८ गते केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार धनकुटा क्षेत्र नं. २ मा कमोट फागोको नाममा केन्द्रीय अनुशासन समितिबाट भएको फैसला प्राविधिक त्रुटिवस अन्यथा प्रकाशित हुन गएकाले जानकारी गराउँदै उनको नाममा परेको उजुरी खारेज गरिएको समेत जानकारी गराइएको छ ।