काठमाडौं, ११ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण स्थगित भएको छ ।
आउँदो साता मेरिल्याण्डको बाल्टिमोरमा हुन लागेको प्रवासी नेपाली मञ्चको अधिवेशनमा सहभागी हुन ओली अमेरिका जाने कार्यक्रम तय भएको थियो । तर, आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय चुनाव र प्रतिकुल राजनीतिक परिस्थितीका कारण अन्तिम समयमा आएर ओलीको अमेरिका जाने कार्यक्रम स्थगित भएको बताइएको छ ।
अध्यक्ष ओली जान नसकेपनि पूर्वमन्त्री तथा एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ आउँदो मंगलबार अमेरिका पुग्दैछन् । गुरुङसँगै अर्का पूर्बमन्त्री तथा एमाले नेता खगराज अधिकारी पनि जानेछन् ।
मञ्चको अधिवेशनका लागि भनेर नै एमाले नेता तथा पूर्बमन्त्री युवराज कार्की केहिदिन पहिला नै अमेरिका पुगिसकेका छन् । यता अमेरिका भ्रमणमा रहेकी अनेरास्ववियूकी अध्यक्ष नबिना लामा पनि सहभागी हुने भएकी छन् ।
प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशन यही मार्च ३१ देखि अप्रिल २ सम्म मेरिल्याण्डको बाल्टीमोर शहरमा हुँदैछ ।











प्रतिक्रिया