६ मंसिर २०८३, आइतबार

पर्वतमा अखण्ड पार्टी एमालेमा विलय, वामदेवले भित्र्याए सयौं नेता कार्यकर्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, ११ चैत । पर्वतमा अखण्ड पार्टी नेकपा एमालेमा विलय भएको छ ।

पर्वतमा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलामा अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य नरबहादुर क्षेत्रीसहितका जिल्लास्तरीय नेताहरु एमालेमा प्रवेश गरेसंगै अखण्ड नेपाल पार्टी एमालेमा विलय भएको हो ।

नवप्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले टिका र खाँदा लगाएर पार्टीमा स्वागत गरे ।

अगुवा कार्यकर्ता भेलामा कांग्रेस, राप्रपा र माओवादी सहितको झण्डै ३ जनाको संख्याका कार्यकर्ताहरु पार्टी प्रवेश गरेको एमाले जिल्ला अध्यक्ष पदम गिरीले बताए ।

कार्यक्रममा म्याग्दी र बागलुङका अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्षहरु पनि सोहि कार्यक्रम मार्फत एमालेमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्ने कार्यकर्ताहरु पनि उपाध्यक्ष गौतमले टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।