काठमाडौं, ११ चैत । डुअल सेल्फी क्यामरा सहित स्मार्ट फोन ब्राण्ड ओप्पोको नयाँ फोन बजारमा आएको छ । जुन मोबाइलको आज शुक्रबारदेखि बजारमा प्रि–बुकिङ पनि सुरु गरिएको कम्पनीले जनाएको छ । ओप्पोले एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै ग्रुप सेल्फी ट्रेण्डको शुरुवात गरेको छ । एफथ्री प्लसमा ब्राण्डको पहिलो डुअल सेल्फी क्यामेरा छ ।
कम्पनीले मोबाइलमा १ सय २० डिग्री वाइड एङ्गल सहितको ग्रुप सेल्फी क्यामेरा उपलब्ध गराएको छ । कम्पनीले नयाँ फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमता सहितको क्यामेरा फ्रण्ट क्यामेरा मार्फत उत्कृष्ट गुणस्तरिय सेल्फी लिन सघाउने कम्पनीको दावी छ । जसमा ग्रुप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल लेन्स उपलब्ध गराएको छ ।
ग्लोबल भीपी तथा ओप्पो ईन्डियाका अध्यक्ष स्काई लीले ओप्पोले दक्षिणपूर्वी एसिया तथा विश्वका अन्य क्षेत्रमा तिब्र गतिमा बृद्धि हासिल गरिरहेको बताएका छन् । जीएफकेको तथ्याङ्क अनुसार गत बर्ष ओप्पो भारतीय अफलाइन बजारमा दोस्रो स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भइसकेको उनले बताए ।
नयाँ फोनमा कम्पनीले १/३ ईन्च सेन्सर उपलब्ध गराएको छ । यसले तस्विर खिच्दा पर्याप्त प्रकाशको ब्यवस्था गर्दै उत्कृष्ट फोटो खिच्न सघाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो क्यामेराले साधारण ८० डिग्री लेन्स फिल्ड अफ भ्यू भएका क्यामेराका तुलनामा १ सय ५ प्रतिशत बढी क्षेत्र समेट्न सक्छ ।
फोनमा रहेको रियर क्यामेरापनि १६ मेगा पिक्सेल क्षमता सहितको छ । यो क्यामेराले तिब्र गतिमा फोकस गर्नुका साथै न्वाइज रिडक्शन तथा कम प्रकाशमा समेत उत्कृष्ट प्रदर्शनी दिन्छ ।
फोनमा कम्पनीले ४ हजार एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । यसले २ सय ८४ घण्टाको स्ट्याण्डबाई टाइम दिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको भीओओसी फ्ल्यास चार्जिङ समाधान उपलब्ध गरिएका कारण यो फोन साधारण ब्याट्रीका तुलनामा ४ गुणा चाँडै चार्ज हुन्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले मात्र ५ मिनेट ब्याट्री चार्ज गरी २ घण्टा सम्मको टक टाइम पाउन सक्छन् ।
ओप्पो एफथ्री प्लसमा ४ जीबी र्याम र ६४ जीबी रोमका साथै ओक्टा कोर प्रोशेसर उपलब्ध रहेको छ । मेटल यूनिबडी डिजाइन रहेको यो फोन बोक्नपनि निकै आरामदायी छ ।
















प्रतिक्रिया