
काठमाडौं, ११ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भव्य स्वागत गरिएको छ ।
विहिबार दिउँसो काठमाडौं आइपुगेका चाङले शुक्रबार टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्र्यापण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यहाँबाट जंगी अड्डा पुगेका चाङलाई रातो कार्पेटमा स्वागत गर्दै नेपाली सेनाको एक टुकुडीले सम्मान गारत समेत अर्पण गरको थियो ।
जंगी अड्डामा प्रधानसेनापतिसँग भेटवार्ता
यसैबीच चिनियाँ रक्षामन्त्री चाङसँग प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटका क्रममा प्रधान सेनापति र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयको विश्वास छ ।
मन्त्री चाङ नेपालका रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणमा तीन दिने भ्रमणका सिलसिलामा विहिबार नेपाल आएका हुन् ।


















प्रतिक्रिया