६ मंसिर २०८३, आइतबार

प्यूठानमा जिप दुर्घटना, पाँच तीर्थयात्रुको मृत्यु

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

प्यूठान, ११ चैत । प्यूठान जिल्लाको भिङ्ग्रीमा जिप दुर्घटना हुँदा पाँच जना तीर्थ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट प्यूठानको स्वर्गद्वारीमा दर्शन गर्न गएका व्यक्तिहरू सवार बा ८ च १५६१ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक तिलक भट्टले जानकारी दिए । उनका अनुसार घाइते तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

जिप दुर्घटनाका विषयमा पूर्ण बिबरण आएको छैन । मृत्यु भएकाहरूको सनाखत पनि भइसकेको छैन ।