
काठमाडौं, १० चैत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जिल्ला नेतासहित ५ सय जना एमालेमा प्रवेश गरेका छन् ।
विहिबार राजधानीको धुम्वाराही पार्टी प्यालेसमा आयोजित बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५ सय जना एमालेमा समाहित भएको युवा संघ केन्द्रीय सचिवालय सदस्य सञ्जीव रोकाहाले जानकारी दिए ।
उनका अनुसार काठमाडौं क्षेत्र नम्बर ५ र काभ्रेका माओवादी केन्द्रका जिल्ला सदस्य, नेपाली कांग्रेस गाउँ कमिटी अध्यक्ष, एवं पूर्वअध्यक्ष, संघीय समाजवादी फोरम नेपालका गाउँपालिका कमिटी सचिव लगायतको टिम धुम्वाराही आएर पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी लगायत नेताले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे । देशलाई साँचो माया गर्ने र देशको समृद्ध चाहनेहरु एमालेमा प्रवेश गर्न थालेको भन्दै पोखरेलले सांगठनिक जिम्मेवारी कटिबद्ध भएर पूरा गर्न निर्देशन दिए ।
पार्टी प्रवेश गर्दै नवप्रवेशीहरुले देशको भलो चाहने पार्टी एमाले मात्रै भएकाले पार्टी प्रवेश गरेको र कटिबद्ध भएर लाग्ने तथा चुनावमा इमान्दार स्वयंसेवकका रुपमा खटिने प्रतिबद्धता जनाए ।

















प्रतिक्रिया