६ मंसिर २०८३, आइतबार

चीन भ्रमणमा जान लागेका प्रचण्डलाई पूर्व प्रधानमन्त्रीले दिए सुझाव, केपी ओली अनुपस्थित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुबाट सुझाव ग्रहण गर्दै प्रचण्डले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको र यसक्रममा उच्चस्तरीय भेटघाट र छलफल हुने बताउनुभयो ।

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण मुलतः सद्भावना भ्रमण भएको जानकारी दिँदै यसक्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी दिनु भयो ।

प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र विज्ञका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त भेटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा. रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना महत्वपूर्ण सुझाव राख्नुभएको थियो ।