३ कार्तिक २०८३, मंगलबार

बेल्जियममा नेपालको पर्यटन प्रवर्द्धन गर्ने अभियान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गर्नुभयो ।

ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीको सवारीसाधनमा प्रवद्र्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटन प्रवद्र्धन गर्नेजस्ता रचनात्मक प्रयासबाट नेपालमा युरोपेली पर्यटक भित्र्याउन मद्दत पुग्ने विचार व्यक्त गर्दै यस्ता कार्यमा दूतावासको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डबाट प्राप्त पोस्टर राजदूतबाट विभिन्न व्यक्तित्वको सवारीसाधनमा टाँसेर उद्घाटन गरिएको सो कार्यक्रमको समन्वय बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि शिवकुमार बरुवाल तथा रवीन्द्रमान श्रेष्ठले गर्नुभएको थियो ।

सो कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ तथा बेल्जियमस्थित नेपाली सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस