६ मंसिर २०८३, आइतबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अचानक स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तयारी नपुगेको भन्दै अचानक स्थगित भएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, विभाग तथा केन्द्रीय सदस्य र पदाधिकारी नियुक्ति, दलहरूबीच भएका सम्वाद, संविधान संशोधन, स्थानीय तहको निर्वाचन तयारी लगायतका विषयमा छलफल हुने जनाइएको थियो । अब कांग्रेसको बैठक चैतको १३ गते बस्नेछ ।

केन्द्रीय कार्यसमिति बैठक बोलाउनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दबाब दिँदै आएको थियो । पौडेल समूहको दबाबपछि देउवाले बैठक बोलाए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको स्रोतको भनाइ छ ।