६ मंसिर २०८३, आइतबार

पत्नी र छोरासहित प्रधानमन्त्री दाहाल आज चीन जाने

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्रीका साथमा उनकी पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीसहित १५ जना उच्च पदाधिकारी रहने छन् ।

प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा बोआओ मञ्चको सम्मेलनमा भाग लिन जान लागेका हुन् ।

बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्ने छन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचारविमर्श गर्ने छन् ।

प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध : समृद्धिका अवसर’ विषयको एक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन दाहालले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै उक्त विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

एजेण्डा बिनै चीन जान लागेका प्रधानमन्त्री दाहाल यही चैत १६ गते बुधबार स्वदेश फर्कने छन् ।