२० कार्तिक २०८३, शुक्रबार

गुजरातमा नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ९ चैत । भारतको गुजरातमा एक नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

सम्पर्कबिहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराका भाष्कर सुवेदीकी २२ वर्षीया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली सङ्घ भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिनुभयो ।

आइतबार बिहान काम गर्न भनी कम्पनीतिर गएकी बेलु कम्पनी नपुगी गुजरात वलसाड जिल्ला जिआइडिसी उमरगाम गङ्गानगर हेमन्तभाइको चालीबाट हराएको कलौनीले बताउनुभयो ।

पारिवारिक स्थिति कमजोर भएकाले श्रीमान श्रीमती दुवै रोजगारीको लागि भारत गएका बताइएको छ । रासस