२० कार्तिक २०८३, शुक्रबार

सडक दुर्घटनामा अछाममा महिलासहित दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ९ चैत । छुट्टाछुट्टै दुर्घटनामा परी अछाममा दुई जनाको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका नजिकै लु ३ प ४१७१ नम्बरको ट्याक्टरबाट खस्दा दैलख चामुण्डाका घर भएका होटेल व्यवसायी तपेन्द्र शाहीको मृत्यु भएको अछामका डीएसपी निरञ्जनदत्त भट्टले बताए ।

घटनालगत्तै प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । चालक भने फरार भएका छन् ।

यस्तै अछामको कालिकास्थान ७ नजिकै खाप खोलामा माथिबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । जेसिबिले सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर पैदल यात्री पुल्लेतोला ५ का ५२ बर्षिया कैली रावलको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।