२० कार्तिक २०८३, शुक्रबार

निर्वाचन भएको १० महिनापछि कार्यालय स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, ९ चैत । निर्वाचन भएको १० महिना पछि निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन उदयपुरको कार्यालय बुधबारदेखि स्थापना गरिएको छ ।

कर्मचारीहरुको हकहितका सवालमा काम गर्ने गरी सरकारबाटै वैद्यता प्राप्त संगठनको कार्यालय बुधबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक समारोहका विच उदघाटन गरेका हुन् ।

२०७३ जेठ १९ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो पटक निर्वाचन गराएको थियो । निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनले विजयी भएको थियो । नवनिर्वाचित कार्यसमितिले तत्काल सपथ लिई कामकारवाही अगाडी बढाएपनि कार्यालयको अभावमा आआफ्नै कार्यालयबाट कर्मचारीको हकहितका सवालमा पैरवी गर्दै आएको अध्यक्ष देवराज कोईरालाले बताए ।

उनले व्यवस्थित कार्यालयको अभावमा आम कर्मचारीका हकहित र जनताका समस्याका बारेमा जुनरुपले सवाल उठाउन पर्ने हो त्यसरी उठाउन नसकिएको बताए । उनले आगामी दिनमा कार्यालयमार्फत सबै कामकाजहरु अगाडी बढाउने बताए ।

कार्यालयको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पेशागत हकहितका सवालसँगै जनताका कामकाजलाई प्राथामिकतामा राखि छिटो छरितो र प्रभावकारी बनाउन आग्रह गरे । उनले नेपालको कर्मचारी तन्त्रलाई लागेको आरोप भ्रष्टचार, ढिलासुस्ति र राजनीतिककरणलाई चिरेर जानसमेत अनुरोध गरे ।

पराजुलीले देश नयाँ संरचनामा प्रवेश गर्दै गर्दा जनतामा आशा र अपेक्षाहरु जाग्दै गएकाले जनताको सेवककोरुपमा जनमुखि र पारदर्शिरुपमा नजिकबाट सेवासुबिधा पुर्याउनु पर्ने विचार व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका सभापति बिदुर बस्नेत, एमाले अध्यक्ष इश्वरमणि राउत, नेकपा माओबादी केन्द्रका सहसंयोजक निरज पौडे्ल, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य जसबहादुर कार्की, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य जितबहादुर भण्डारी र मधेसी कर्मचारी मञ्चका केन्द्रीय सदस्य लालबाबु यादव लगायतले बोलेका थिए ।

आधिकारिक टे«ड युनियनका अध्यक्ष देवराज कोईरालाको अध्यक्षता, सचिब दुनियालाल यादवको सञ्चालन र सहसचिब देवी पराजुलीको स्वागत मन्तव्यमा भएको उक्त कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, कर्मचारी, संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।