
काठमाडौं, ९ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
विहिबार विहान १० बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठकमा समसामयिक विषयहरु संविधान संशोधन, निर्वाचन, आईजीपी नियुक्ती प्रकरण, प्रधानमन्त्रीको चीन भ्रमण लगायतबारे छलफल हुने बताइएको छ ।












प्रतिक्रिया