विजय थापा
भर्जिनिया । डिसी महानगर क्षेत्रमा ‘नेपाली परम्परा र संस्कृति संरक्षण गरौँ’ भन्ने मूल उदेश्यका साथ स्थापना भएको डिसी नेपाली समाजले घटस्थापनाको दिन वैदिक विधिपूर्वक जमारा घरको थापना गरेको छ ।
यही शिलशिलामा डिसी नेपाली समाजले अष्टमीको दिन बिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत राखेको छ ।

बिजयादशमीको दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गर्ने र दुर्गा भवानीको दर्शन तथा पण्डित राजेन्द्र खनालद्वारा आशिर्वचनसहितत टीका लगाई दिने चलन पनि रहेको छ ।
महानगर क्षेत्रमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेकाले छुट्टै जमरा लिनका लागि घटस्थापनाको दिनसम्म संस्थालाई जानकारी गराउनु पर्ने भएको र उक्त समयसम्म विगतका वर्ष भन्दा जमाराको माग बढेकोले माग अनुरुप जमरा राखिएको सचिव कमल पोखरेलले जानकारी दिनुभयो ।

फूलपातीको दिन फूलपाती भित्र्याउने र बिजयादशमीको टीका तथा जमरा बितरण बिहान ७ बजेदेखि ११ बजेसम्म गरिने पण्डित खनालले बताउनुभयो ।














प्रतिक्रिया