६ मंसिर २०८३, आइतबार

मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्दै, के–के छन् एजेन्डा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको कार्यतालिकाका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सिंहदरबारमा अपरान्ह पाँच बजे बस्ने बैठकले दाहालको चीन भ्रमणको तयारी र कार्यतालिका तयार पार्ने बुझिएको छ ।

स्रोतले भन्यो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको विषयमा छलफल हुनेछ । भ्रमणका बेला कस्ता विषय उठाउने आदि विषयमा मन्त्रिपरिषदमा छलफल हुन्छ ।’

प्रधानमन्त्री दाहाल बिहीबार चीन जाने कार्यक्रम छ । चीनमा दाहालले वोआओ फोरममा सम्बोधन गर्ने कार्यक्रम छ । सोही बेला चिनियाँ राष्ट्रपतिसँग १५ मिनट भेटवार्ता हुने समेत जनाइएको छ ।

यसैबीच, आजको मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयले प्रवेश पाउने छैन । प्रधानमन्त्री दाहाल चीन भ्रमणबाट फर्केपछि मात्रै महानिरीक्षक नियुक्ति गरिने स्रोतको भनाइ छ ।