१४ कार्तिक २०८३, शनिबार

सर्वोच्चको फैसलामा के भन्छ सरकार ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै केही दिनभित्र नै प्रहरी प्रमुखको नियुक्ति हुने बताएका छन् ।

उनले सम्मानित सर्वोचच अदालतले गरेको निर्णयको अध्ययन र महान्यायधिवक्ताको सल्लाहअनुसार सरकारले प्रहरी प्रमुखको नियुक्ति प्रक्रिया अगाडि बढाउने बताए । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

उनले भने, ‘सुरक्षा निकायको प्रमुख धेरै समय रिक्त राख्नुहुँदैन । चुनावको कारण पनि सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुन्छ । छलफल गरेर सरकारले केही दिनभित्र नै टुंगो लगाउँछ ।’