सर्लाही, ८ चैत । सवारी दुर्घटनामा गम्भीर घाइते भएकी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद दुलारी देवीको खुट्टा काटिएको छ । दुलारी सर्लाहबाट एमालेकी समानुपातिक सांसद हुन् ।
चैत ५ गते विहान सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ मोटरसाइकलमा जाने क्रममा भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिँदा दुलारी गम्भीर घाइते भएकी थिइन् । उनीसँगै गएका मोटरसाइकल चालक रवीन्द्र साहको घटनास्थलमै मृत्यु भएको थियो ।
एमाले सर्लाही क्षेत्र नम्बर ४ का पूर्व इन्चार्ज जयप्रकाश यादबका अनुसार गम्भीर घाइते दुलारीको उपचारका क्रममा दायाँ खुट्टा काट्नु परेको हो । ‘घटनाको भोलिपल्ट काठमाडौं ल्याइएर ग्वार्काेमा रहेको बी एन्ड बी अस्पतालमा भर्ना गरेका थियौं । उपचारका क्रममा दायाँ खुट्टा काट्नुपर्यो,’ उनले भने ।















प्रतिक्रिया