६ मंसिर २०८३, आइतबार

एमाले एक्ल्याउने नीति बोकेका कांग्रेस-माओवादी र भारतलाई जवाफ दिन्छौंः ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी तत्वले राष्ट्रियताको प्रश्नलाई कमजोर बनाउने प्रयत्न गरिरहेको बताएका छन् ।

मंगलबार पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित पार्टीले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा स्वयम्सेवक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, साँस्कृतिककर्मीलगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रियता कमजोर पार्ने, सामाजिक सद्भाव खल्बलाउनेलाई एमालेले जवाफ दिने बताए ।

अहिले एकथरी राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्व एमालेलाई एक्ल्याउने भन्दै हिडेका छन्,’ सत्तारुढ कांग्रेस, माओवादी र भारततर्फ संकेत गर्दै ओलीले भने– ‘एमालेलाई एक्ल्याउनुको पछाडीको स्वार्थ भनेको राष्ट्रियताको प्रश्नलाई कमजोर बनाउने अर्थात लोकतन्त्रको सुदृढिकरणलाई कमजोर बनाउने अथवा सामाजिक सद्भाव खल्बलाउने, राष्ट्रिय एकता कमजोर बनाउने र हाम्रा समृद्धिका सवालहरुलाई गोलमाल गर्ने हो । यो नीतिलाई एमालेले जवाफ दिन्छ ।’

एमालेलाई एक्ल्याउने नीति बोकेकालाई एमालेले जवाफ दिने भन्दै ओलीले अगाडि भने– ‘एक्लै एमाले पनि एकातिर हुँदा एक किलो एक किलो र एक किलोका चार वटा ढक राखेको भन्दा पाँच किलोको एउटा ढक बढी वजनदार हुन्छ ।’

ओलीले आफ्नो मधेसमा रहेको भ्रम एमालेले चकनाचुर पार्ने भयका कारण एमालेका शान्तिपूर्ण कार्यक्रममाथि हिंसात्मक निषेध गर्न खोजिएको आरोप लगाए । ओलीले भने- ‘एमालेको ज्योति तराईमा पर्नहुन्न् भन्ने सम्म रहेछ । एमालेको ज्योति, प्रकाश पर्यो कि त्यहाँ अन्धकारहरु विनाश हुन्छन् । त्यहाँ रचिएका भ्रमहरु मुक्त हुन्छन् । त्यहाँको जनता सचेत हुन्छ । एकताबद्ध भएर राष्ट्र निर्माणको काममा अगाडि बढ्छ । त्यसकारण भ्रम छरियो तराईमा जान पाउँदैन भनियो ।’

पार्टी मुख्यालयमा ओलीले भने–

अहिले एकथरी राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्व एमालेलाई एक्ल्याउने भन्दै हिडेका छन् । अर्काे त्यसभित्र पनि केपी ओलीलाई एक्ल्याउने भनेका छन् । केपी ओलीलाई त नीजि विषय हो । केही सरोकार छैन्, मतलब छैन् । जे सुकै गरुन । तर, त्यसका पछाडीको स्वार्थ भनेको नेकपा एमालेलाई एक्ल्याउने अर्थात राष्ट्रियताको प्रश्नलाई कमजोर बनाउने अर्थात लोकतन्त्रको सुदृढिकरणलाई कमजोर बनाउने अथवा सामाजिक सद्भाव खल्बलाउने, राष्ट्रिय एकता कमजोर बनाउने र हाम्रा समृद्धिका सवालहरुलाई गोलमाल गर्ने । यी प्रयासहरु गलत छन् । यी सबै कुराको रिपोर्ट एमालेले राखेको छ । रक्षा गर्नुछ । र अगाडि बढाउनुछ । त्यसकारण यो अहिलेको समय एउटा महत्वपूर्ण निर्णय गर्ने बेला हो । खासगरी यो निर्णय अरुले होइन् एमालेले गर्नुपर्छ । अब एमाले सहोदर पार्टी हुने, पार्टीहरु बीचको एउटा पार्टी । एमाले प्रमुख पार्टी त हुँदै हो, तर प्रमुखहरुमध्येको एउटा एउटा पार्टी सहोदर पार्टीको रुपमा हुने की ।

एमालेलाई एक्ल्याउने नीति छ त्यो एक्ल्याउने नीतिलाई एमालेले जवाफ दिन्छ । एक्लै एमाले पनि एकातिर हुँदा एक किलो एक किलो र एक किलोका चार वटा ढक राखेको भन्दा पाँच किलोको एउटा ढक बढी वजनदार हुन्छ । अब नेकपा एमालेले एक किलोका ढकहरुको सरदर कारोवारमा सिमित हुने की आफूलाई अरु चारवटा ढक एकातिर भएपछि एक किलो चाँही आफू बढी हुनेगरी त्यस ढंगले आफूलाई प्रस्तुत गर्ने एउटा राष्ट्रिय लोकतान्त्रिक शक्तिको रुपमा, सुदृढ जनशक्तिको रुपमा, कसैले हल्लाउन चलाउन नसक्ने शक्तिको रुपमा, एकताबद्ध र सुदृढ राष्ट्र निर्माणका निम्ति अब एमालेले निर्णय गर्ने बेला आएको छ । एमाले जनतामा कुनै प्रकारको भ्रम पर्नबाट जोगाउने अभिभारा बहन गर्न सक्छ कि सक्दैन् आजको आवश्यकता यही हो । कति सम्मकी एमालेको ज्योति तराईमा पर्नहुन्न् भन्ने सम्म रहेछ । एमालेको ज्योति, प्रकाश पर्यो कि त्यहाँ अन्धकारहरु विनाश हुन्छन् । त्यहाँ रचिएका भ्रमहरु मुक्त हुन्छन् । त्यहाँको जनता सचेत हुन्छ । एकताबद्ध भएर राष्ट्र निर्माणको काममा अगाडि बढ्छ । त्यसकारण भ्रम छरियो तराईमा जान पाउँदैन भनियो । तर अब एमाले अझै प्रभावकारी रुपमा जान्छ ।