६ मंसिर २०८३, आइतबार

कञ्चनपुरमा एमालेको झण्डा जलाउने एक पक्राउ, तीन फरार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

– अर्जुन सिंह

झलारी (कञ्चनपुर), ८ चैत । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत कञ्चनपुरस्थित स्वागतद्वारमा टाँगिएको राष्ट्रिय र एमालेको झण्डा जलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झण्डा जलाउने अन्य तीन जना फरार छन् ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–८ का २८ वर्षीय हरिश भट्टराई रहेका छन् । कृष्णपुर नगरपालिका–८ का अमर विष्ट, अत्तरिया नगरपालिका–२ चौकिडाँडाका मनिष खरेल र आशिष भट्ट फरार छन् । उनीहरुले मेची–महाकाली अभियान अन्र्तगत कृष्णपुरमा बनाएको स्वागतद्वार तोडफोड गर्नुका साथै झण्डा र ब्यानर जलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नैनसिहं कार्कीले झण्डा जलाउने एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको बताए । ‘उनीहरुमाथि ६ महिना कैद वा २९ हजार जरिवाना हुन सक्छ’ उनले भने ।

झण्डा जलाइएकोमा एमालेको आपत्ति

यसैबीच एमाले कञ्चनपुरले झण्डा जलाएकोमा आपत्ति व्यक्त गर्दै संलग्नलाई कारवाही गर्न माग गरेको छ । एमाले जिल्ला सचिव सुरेन्द्र विष्टले सोमबार विज्ञप्ति प्रकाशित गरी सत्ताको उन्मादमा मात्तिएर झण्डा जलाएकाले क्षम्य नहुने चेतावनी दिएका छन् । यसैगरी एमालेले कार्यकर्तामाथि आक्रमण र झुठा मुद्दा लगाउने कार्य भएकोमा आपत्ति जनाएको छ ।