६ मंसिर २०८३, आइतबार

सरकारले हज कमिटीका सदस्यहरूको अपमान गर्‍यो : मियाँ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । हज कमिटीका निवर्तमान अध्यक्ष ताजमोहम्मद मियाँले सरकारले हज कमिटीका सदस्यहरूको अपमान गरिएको आरोप लगाएका छन् ।

गृहमन्त्री विमलेन्द्र निधिसँग सिंहदरबारमा भेट गरेर सुझावहरू दिँदै उनले यस्तो आरोप लगाएका हुन् । ‘किन मन्त्रिपरिषदको निर्णयबाट हज कमिटी गठन गरिएन ?’, मियाँले प्रश्न गर्दै भनेका छन्, ‘हालको नवनियुक्त हज कमिटी कुनै पनि बेला दुर्घटनामा पर्न सक्छ । यो वैधानिक छैन ।’

हज कमिटीका निर्वतमान अध्यक्ष मियाँले गृहमन्त्री निधिसँग हज कमिटी २०७२ को कार्यविधिलाई पूर्णता दिइ अधिकार सम्पन बनाउना माग पनि गरेका छन् ।

गृहमन्त्रीलाई दिइएको सुझावमा मियाँले भनेका छन्, ‘अहिले पनि समय छ । हजयत्राको लागि कोटा बढाउनु पर्छ । त्यसका लागि अहिलेबाटै पहल गर्नुपर्छ’, उनले भनेका छन् ।

गतवर्ष हाजीहरूको लागि सरकारी अनुदान चार करोड दिने केपी ओली सरकारको निर्णय कार्यान्वन गराउन पनि निवर्तमान अध्यक्ष मियाँले माग गरे ।

‘वर्तमान सरकारले अनुदान दिने इच्छा देखाएन । जसका कारण हज कमिटीले हाजी यात्रीहरूलाई यो सहयोग दिन सकिएको छैन । यो वर्ष समयमा नै बिगतमा निर्णय भएको अनुदान रकम निकासा गरी हज कमिटी र हाजीहरूलाई अनुदान रकम दिनु पर्छ ।’

मियाँले मन्त्रिपरिषदबाट पारित भएको २०७२ कार्यविधि अनुसार अहिलेको नवनियुक्त हज कमिटी गठनप्रति प्रश्न पनि उठाएका छन् । उनले षड्यन्त्रपूर्वक चोरबाटो अपनाएर हज कमिटी गठन गरिएको आरोप छ ।