१४ कार्तिक २०८३, शनिबार

भारतले अवकाशप्राप्त गोर्खा सैनिकलाई पेन्सन बाँड्न रकम बढायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ ।

यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालको कुल रक्षा बजेटभन्दा करिब दुई गुणा बढी हुन आउँछ ।

सन् २०१६र१७ मा नेपालको कुल रक्षा बजेट ३६ अर्ब १ करोड ८० लाख ५ हजार रुपैयाँ छ भने भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकको पेन्सनका लागि ४० अर्ब रुपैयाँ छुट्याएको देखिन्छ ।

नेपालको कुल रक्षा बजेटभन्दा ४ अर्ब रुपैयाँ बढी भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकलाई छुट्ट्याएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार नेपालमा भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त करिब १ लाख २७ हजारले पेन्सन बुझ्ने गर्छन् ।

४० अर्ब रुपैयाँ भारत सरकारले उनीहरुका लागि छुट्ट्याएको हो । अहिले भारतीय सेनामा ३२ हजार नेपाली सेवारत रहेको भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रित शर्माले जानकारी दिइन् ।

सेवारत ३२ हजार गोर्खा सैनिकको सेवासुविधाका लागि यसवर्ष करिब २० अर्ब रुपैयाँ छुट्ट्याएको छ ।