१ कार्तिक २०८३, आइतबार

खुसी देशको सूचीमा नेपाल दक्षिण एसियामा तेस्रो, भारतलाई उछिन्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । विश्वका खुशी देशको सूचीमा नेपाल ९९ औं स्थानमा परेको छ । दक्षिण एशियामा भने नेपाल तेस्रो स्थानमा छ । खुशी सम्बन्धी विश्व प्रतिवेदन २०१७ काअनुसार दक्षिण एशियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको हो ।

गत वर्षको तुलनामा नेपाल चार स्थान माथि उक्लिएको हो । यसअघि गएको वर्ष नेपाल १ सय ७ औं स्थानमा थियो । छिमेकी देश भारत भने दक्षिण एसियामा छैटौं स्थानमा परेको छ । १ सय ५५ देशको सूचीमा दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुशी राष्ट्र बनेको छ । उसले भुटानलाई पछि पार्दै दक्षिण एशियाको शीर्ष स्थानमा आएको हो ।

१ सय ५५ देशमध्ये पाकिस्तान ८० औं स्थानमा छ भने भुटान ९७ औं स्थानमा छ । यस्तै १ सय १० औँ स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा चौथो, १ सय २० औँ स्थानमा रहँदै श्रीलंका पाँचौ र १ सय २२ औँ स्थानमा रहँदै भारत दक्षिण एशियामा छैठौँ स्थानमा छ । नेपालको उत्तर छिमेकी चीन भने ७९ औं स्थानमा छ ।

मापनका आधार

सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले आन्तरिक उत्पादनमा भएको वृद्धि, औसत स्वस्थ आयु, स्वतन्त्रता, उदारता, सामाजिक सहयोग र सरकारी तथा व्यापारिक क्षेत्रमा कम भ्रष्टाचार हुनुलाई खुशी राष्ट्र बन्नका लागि सूचक तय गरेको थियो ।

विश्वकै खुशी राष्ट्र

नर्वे भने विश्वकै सबैभन्दा खुशी राष्ट्र बनेको छ । डेनमार्कलाई पछि पादै नर्वे विश्वकै खुशी राष्ट्र बनेको हो ।

१ सय ५५ राष्ट्र समावेश सूचिमा पहिलो १० राष्ट्रभित्र नर्वेपछि डेनमार्क, आइसल्याण्ड, स्वीजरल्याण्ड, फिनल्याण्ड, नेदरल्याण्ड्स, क्यानडा, न्युजिल्याण्ड, अष्ट्रेलिया र स्वीडेन छन् । अमेरिका १४ औँ, जर्मनी १६ औं, बेलायत १९ औँ र फ्रान्स ३१ औँ स्थानमा छन् । अमेरिका खुशी राष्ट्रको सूचिमा तल झर्नुको मुख्य कारण असमानता, अविश्वास र भ्रष्टाचार रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सव साहारा अफ्रिका र सिरिया तथा यमन यो सूचीको पुछारमा छन् ।