६ मंसिर २०८३, आइतबार

‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाउने निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई राप्रपाको अनुरोध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पाटीले निर्वाचन आयोगलाई आफ्नो पार्टीको विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

पार्टीले सोमबार आयोगलाई ज्ञापनपत्र बुझाउँदै विधान परिवर्तनको निर्णयले राप्रपाको आधारभूत मान्यता खारेज भएको र नेपालको संविधान २०७३ को मर्म र भावना विपरित भएको ठहर गरेको छ ।

संविधानले राजनीतिक दललाई विचार ग्रहण गर्ने एवं जनताको अभिमतबाट आफ्नो विचार स्थापित गर्ने अधिकार सुनिश्चित गरेकाले आयोगले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्ने विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

आजै राप्रपाले आयोगको निर्णय विरुद्ध निर्वाचन आयोगको कार्यालय घेराउ समेत गरेको छ ।