काठमाडौं, ७ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दिल्ली प्रस्थान गरेका छन् ।
प्रेस संयोजक महेश चौरासियाका अनुसार बनारस हिन्दू विश्व विद्यालय अन्तर्गत नेपाल स्टडी सेन्टरले बनारसमा मंगलबारदेखि आयोजना गरेको दुई दिवसीय ‘Education for development of democracy, the constitutional resulting conflicts in nepal the South Asian context’ विषयक सेमिनारमा प्रमुख अथिति एवं मुख्य वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव सोमबार दिउँसो दिल्ली हुँदै बनारस प्रस्थान गरेका हुन् ।
यादव यसअघि बुहारीको उपचारका लागि केही हप्ताअघि मात्रै दिल्ली गएका थिए ।












प्रतिक्रिया