६ मंसिर २०८३, आइतबार

कार्यपालिकाको निर्णयलाई न्यायपालिकाले हस्तक्षेप गर्नु हुँदैन : सांसद खतिवडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले सत्तारुढ दलहरूलाई पनि विश्वासमा नलिएर हिँडेको आरोप लगाएका छन् ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले प्रतिपक्ष दल एमाले सत्तापक्षहरूलाई गाली गरेर अभियान चलाएको भन्दै आपत्ति जनाए । ‘प्रतिपक्ष दल एमाले सत्तारुढ दलहरू विरुद्ध खनिदै अभियान चलाएको छ । यसले लोकतन्त्रलाई सहयोग गर्दैन’, उनले भने, ‘कसैलाई अराष्ट्रवादी भन्ने कार्यले निर्वाचनलाई सहयोग मिल्दैनन् ।’

एमालेले अन्य दलहरूलाई होच्याउँदै र अपमान गर्दै हिँडेको उनले आरोप लगाइन् । उनले भने, ‘यसले चुनावी वातावरण बनाउँदैन । विश्वासको वातावरण बनाउनु पर्छ । अरु दललाई अराष्ट्रवादी हुन् भन्ने कार्यले चुनावको वातावरण विग्रिन्छ ।’

सांसद खतिवडाले भने, ‘मधेसी मोर्चाका नेताहरू पनि आफ्नो हठ्मा अडिग छन् । मधेसी मोर्चाले संसद बहिष्कार गरेर हिँडेको छ । संसदको तलव, भत्ता बुझ्ने अनि चुनावै हुनु हुँदैन भनेर हिँड्ने प्रवृत्ति राम्रो होइन ।’

कांग्रेस सांसद खतिवडाले कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व बढ्दै गएको आरोप लगाए ।

उनले भने, ‘कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व बढ्दै गएको अवस्था आएको छ । कार्यपालिकाले गरेका निर्णयलाई न्यायपालिकाले हस्तक्षेप गर्नु हुँदैन । आफ्नो मर्यादामा बस्नु पर्छ ।’