काठमाडौं, ७ चैत । पार्टीको विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाउने निर्णयको विरोधमा निर्वाचन आयोग घेराउ गर्न गएका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
झडपमा परी राप्रपा वरिष्ठ नेता पशुपति राणा घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । केही कार्यकर्ता पनि घाइते भएका छन् ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि भएको झडपमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।
रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो ।
प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेपछि राप्रपा कार्यकर्ताले ढुंगा हान्दा झडपको स्थिती सिर्जना भएको हो ।











प्रतिक्रिया