१४ कार्तिक २०८३, शनिबार

विमलेन्द्र निधि सरकारबाट बाहिरिँदै ! प्रचण्डले के भने ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । देउवा निवासको छलफलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा कमल थापालाई राखे आफू अपमानित भएर नबस्ने बताएका थिए ।

संसद् बैठकमा प्रधानमन्त्रीपछिको मर्यादाक्रममा थापा बस्ने गरेकोमा आपत्ति जनाउँदै निधिले दोस्रो मर्यादाक्रम नपाए आफूले मन्त्री छाड्ने सभापति देउवालाई जानकारी गराएका हुन् ।

निधिले यही विषय प्रधानमन्त्रीलाई जानकारी गराएको समेत बताए । ‘संसद्को ठूलो दल र कार्यवाहक प्रधानमन्त्री भइसकेको हैसियतले दोस्रो मर्यादाक्रम नपाउने हो भने अपमानित भएर मलाई बस्न गाह्रो हुन्छ,’ निधिलाई उद्धृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्री दाहालले निधिलाई आफू चीन भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

निधि भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले कमल थापालाई दोस्रो वरियतामा राखेका थिए । आफ्नो स्थान थापाले लिएपछि निधि भारतबाट फर्केलगत्तै देउवा र प्रचण्डसँग कड्किएका हुन् ।

कान्तिपुर दैनिकमा समाचार छ ।