३० आश्विन २०८३, शुक्रबार

‘बिरामी छोरी देश ल्याउन पाउँ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kunti rajakकाठमाडौं, १० असोज । जन्मदेखि नै पाइपको भरमा खाना र भेन्टिलेटरको भरमा रहेकी अचेत शिशुलाई नेपाल ल्याउन नपाएकोमा बाबुआमा चिन्तामा छन्। उनीहरुको आफ्नी छोरीलाई पारिवारिक हेरचाह र वैकल्पिक उपचार दिन चाहन्छन्।

काठमाडौं नैकाप घर भई युएई अबुधाबीमा काम गर्दै आएका कुन्ती रजक तथा उनका पति नितेष लामाले २०१३ मार्च २७ मा युएईको न्यु मेडिकल सेन्टरमा जन्मेकी छोरी निहारिका अबुधाबीकै अल्जाराहवा नामक सरकारी अस्पतालमा छिन्।

गर्भिणी अवस्थामा नियमित अस्पतालकै निगरानीमा रहेकी कुन्तीले अस्पतालकै लापरबाहीले जटिलता उत्पन्न भई छोरीको स्वास्थ्य असामान्य बन्न पुगेको बताइन्।

उनका अनुसार प्रसूतिअघि रक्तश्राव हुँदा कुन्ती अस्पताल पुगेकी थिइन् तर अस्पतालले अलि समय कुर्न भन्दै उनलाई फर्कायो। रक्तश्राव भएर पेटभित्रै साल फुटेपछि शिशु रगत सकिएको अवस्थामा जन्मेको थियो।

त्यसलगत्तै उनको भेन्टिलेटर, सिसियुमा राखी उपचार गरिएको थियो। ‘साल फुटेर जन्मेका शिशु लाखमा एक जना मात्र सामान्य हुन्छन्, अन्य असामान्य,’ अस्पतालका चिकित्सकलाई उद्धृत गरिन् उनले।

लामो समय अस्पतालमा उपचारमै रहे पनि छोरीको शारीरिक रुपमा कुनै प्रतिक्रिया नदेखिने र मानसिक रुपमा अचेत भएको, आँखा हरियो हुँदै गएको र निधारको भाग भित्र पसेको रुपमा विकास भएपछि दम्पतीले वैकल्पिक उपचार गर्न नेपाल ल्याउने खोजेको समाचार आजको नागरिक दैनिकले छापेको छ । अस्पताल र उडानको प्रक्रिया पूरा गर्न नसकेपछि छोरीलाई अस्पतालमै छोड्नुपरेको कुन्तीले बताइन्।

उनका अनुसार त्यहाँको अस्पतालले मेडिकल उपकरणको व्यवस्था र नेपाली अस्पतालको स्वीकृति भए मात्र अस्पतालबाट निकाल्न सकिने भनेको थियो।

तर नेपाल उडान हुने हवाइजहाज इतिहादले उपकरणसहित राख्दा अन्य यात्रुलाई अप्ठेरो हुन सक्ने भन्दै मानेन। ‘हवाइजहाज चार्टर गरेर ल्याउन हाम्रो आर्थिक अवस्थाले पुग्दैन,’ नितेष लामाले भने।

छोरी नेपाल ल्याउन नेपाल र अबुधाबीका राजदूत तथा अन्य निकायलाई इमेल पठाए पनि कसैले नसुनेको कुन्तीले बताइन्।

एक साताअघि नर्भिक अस्पताल थापाथलीमा शल्यक्रियामार्फत नै अर्की छोरी जन्माएकी कुन्तीले जेठी छोरीको सम्झनाले दुःखी बनाएको बताइन्। ‘जस्ती भए पनि मैले जन्म दिएकी हुँ, कर्म पनि मैले दिनुपर्छ,’ उनले भनिन्।