६ मंसिर २०८३, आइतबार

सदभावना पार्टीले स्थानीय चुनाव विथोल्ने, राष्ट्रिय महाधिवेशन सर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । सद्भावना पार्टीले जारी मधेस आन्दोलनका कारण आफ्नो राष्ट्रिय महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित पार्टी मुख्यालयमा शनिबार र आइतबार दुई दिनसम्म चलेको राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले जेठ १, २ र ३ गते वीरगञ्जका लागि पूर्व निर्धारित महाधिवेशनलाई असोजसम्मका लागि सार्ने निर्णय गरेको हो ।

महासचिव मनीषकुमार सुमनले मधेसमा आन्दोलन चर्काउन र स्थानीय चुनाव विथोल्नु पर्ने भएकाले पार्टीको महाधिवेशन असोज महिनाभित्र गर्ने गरी मिति परिवर्तन गरिएको बताए । उनले भने, ‘असोज महिनाभित्रै राष्ट्रिय महाधिवेशन गर्नेछौँ । संभवत वीरगञ्जमा नै हाम्रो महाधिवेशन हुनेछ । मितिको अन्तिम टुङ्गो पछि गर्नेछौँ ।’

मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधनको माग गरेर जारी राखेको आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि सद्भावना पार्टीले गरेको छ । चैतको १७ गतेसम्मका लािग घोषणा भएका जनअवाज्ञा आन्दोलन कार्यक्रमलाई मधेसमा घनिभूत रुपमा सञ्चालन गर्ने महासचिव सुमनले बताए ।

सद्भावना पार्टीले चैत २० गतेसम्म सक्रिय सदस्यता वितरणको म्याद थप गर्ने निर्णय पनि गरेको छ । वैशाख महिनाभित्र गाउँ, नगर र क्षेत्रको अधिवेश तथा भदौसम्म जिल्ला अधिवेशन गर्ने निर्णय सहित मितिमा हेरफेर गरिएको उनले बताए ।

सद्भावना पार्टीले जेठको १, २ र ३ गतेका लागि वीरगञ्जमा राष्ट्रिय महाधिवेशन तोकेको थियो । मुलुकको परिवर्तित राजनीतिक अवस्थाले सद्भावना पार्टीको महाधिवशेन प्रभावित भएको छ ।

वार्ता र सम्वादलाई जारी राख्ने निर्णय गरेको सद्भावना पार्टीले यथाअवस्थामा मधेसमा स्थानीय चुनाव गर्न नदिने चेतावनी दिएको छ । उसले स्थानीय निर्वाचन विथोल्ने निर्णय गरेको छ ।