काठमाडौं, ७ चैत । विधानबाट निर्वाचन आयोगले हिन्दू राष्ट्र र राजसंस्था हटादिएपछि आक्रोसित बनेको सत्तारुढ दल राप्रपाले आज आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिने भएको छ ।
राप्रपाका बारे निर्वाचन आयोगको त्रुटिपूर्ण निर्णय पुर्नविचार गर्न माग गर्दै राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा आयोगको अगाडि धर्ना तथा विरोध कार्यक्रम हुन लागेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले आजको कार्यक्रममा उल्लेख्य कार्यकर्ता सडकमा उतार्ने जनाएको छ ।
काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकाबाट -याली शुरु भई निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिने श्रेष्ठले बताए ।
राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाका विषयमा आयोगले हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ ।











प्रतिक्रिया